सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् ।
गएको वर्षा र केही दिन अघिको वर्षाले कटान र गेग्र्यान थुपारेर क्षति पुगेको मन्थली– चिसापानी सडक मर्मत र सफा गर्नको लागि सम्बन्धित कार्यालय र निर्माण कम्पनीलाई अनुरोध गर्दा पनि चासो नदिए पछि सडक संरक्षणको लागि स्थानीय नै जुटेका वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।
सो सडकको जबदे क्षेत्रको सबैभन्दा बढी क्षति पुगेको भागमा गेग्र्यान पन्छाउने, नाला सफा गर्ने तथा कटान गरेको ठाउँलाई पुर्ने काम गरिएको श्रेष्ठले बताए । अन्य क्षेत्रमा पनि अब स्थानीय नै मिलेर सडक संरक्षणमा जुट्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।
जिल्ला पूर्वाधार कार्यालय मार्फत भएको सो सडक निर्माणको जिम्मा कान्छाराम कन्ट्रक्सनले पाएको थियो । निर्माण कम्पनीले सडक जिम्मा नलगाइसकेको अवस्थामा सडक संरक्षणको जिम्मा निर्माण कम्पनीकै हुने भए पनि त्यसको संरक्षणमा दुवै निकायले ध्यान नदिएका श्रेष्ठले गुनासो गरे । ‘जिम्मा त उनीहरूको हो, क्षति हुँदा हाम्रो हुन्छ, सडक रोकिँदा हाम्रो रोकिन्छ, त्यसैले सडक जोगाउने काममा लागेका हौँ’, श्रेष्ठले भने ।
सडकको निर्माण र संरक्षणमा निर्माण कम्पनी र जिम्मेवार कार्यालयले निक्कै लापरबाही गरेका श्रेष्ठको गुनासो छ । ‘सडक मर्मतको लागि पटक पटक वडाको तर्फबाट ताकेता गर्दा पनि भएको छैन’, उनले भने ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा