सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, वैशाख ९ । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका सबै विद्यालय कर्मचारीहरूलाई आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन २४ घण्टे अल्टिमेटम जारी गरेको छ। परिषद्ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयका चावी लिएरै काठमाडौँको आन्दोलनस्थलमा उपस्थित हुन निर्देशन दिएको हो।
शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलन दोस्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा परिषद्ले यस्तो कडा निर्देशन जारी गरेको हो। परिषद्का अनुसार केही विद्यालय कर्मचारीहरू विद्यार्थी भर्ना, नतिजा प्रकाशन, र कक्षा १२ को परीक्षामा खटिएको सूचना आएपछि यस्तो निर्णय गरिएको हो।
परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेका बेला विद्यालय कर्मचारीलाई विभिन्न शैक्षिक कार्यमा खटाइएको जानकारी आएको छ। यो अत्यन्तै गम्भीर विषय हो। त्यसैले सूचना प्राप्त भएको २४ घण्टाभित्र सबै कर्मचारीले विद्यालयको चावी लिएर काठमाडौँमा जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुनुपर्छ।”
परिषद्ले स्पष्ट शब्दमा भनेको छ — यो आन्दोलन सामूहिक संघर्षको रूप लिइसकेको छ र यसमा कुनै व्यक्ति, क्षेत्र वा तह छुट हुन सक्दैन।
आन्दोलनलाई थप तनावपूर्ण बनाउने गरी राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निर्णय गर्दै भन्यो कि आगामी वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा अनिवार्य रूपमा सञ्चालन गरिनेछ, र आवश्यक परे निजामती कर्मचारी प्रयोग गरिनेछ।
परिषद् तथा आन्दोलनरत पक्षहरूले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, “सरकारले आन्दोलनको गम्भीरतालाई बेवास्ता गर्दै बलपूर्वक परीक्षा सञ्चालन गर्न खोज्नु आन्दोलनमाथिको दबाब र अवमूल्यन हो।”
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले शिक्षा सेवा विधेयक संशोधन, पेशागत अधिकारको संरक्षण, उचित तलब सुविधालगायतका माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन्।
पहिलो चरणमा विद्यालयहरूमा तालाबन्दी, विरोध ¥याली, धर्ना कार्यक्रम जस्ता गतिविधिहरू सञ्चालन गरिएको थियो। दोस्रो चरणमा आन्दोलन राजधानी केन्द्रित हुँदै राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको छ।
यदि परिषद्को निर्देशनअनुसार देशभरका विद्यालय कर्मचारीहरू आन्दोलनमा सहभागी भए, भने देशको सम्पूर्ण शिक्षण संस्था थप प्रभावित हुने देखिन्छ। यसले विद्यार्थीहरूको पठनपाठन, परीक्षाको नियमितता र शैक्षिक क्यालेन्डरमा प्रत्यक्ष असर पार्ने निश्चित देखिन्छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा