सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार ७ दशमलव ७५ अङ्कले घटेर २ हजार ६९८ दशमलव २८ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको यसदिन ३१९ वटा कम्पनीका २ करोड १२ लाख कित्ता शेयर ८ अर्ब ७७ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै न्गादी ग्रुप पावर लिमिटेडको ५३ करोड ९९ लाखको शेयर किनबेच भयो ।
आज विकास बैंक, होटल, जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर सबैभन्दा धेरै साढे १ प्रतिशतले ओरालो लागेको छ ।
यसदिन गूडविल फाइनान्सको डिबेन्चर र एनएमबी हाइब्रिड फन्ड साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा