सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सधैं भनिन्छ, संसारमा यस्ता थुप्रै जीव, तत्व, र अनुभवहरू छन् जुन मानिसले अहिलेसम्म देख्न सकेको छैन। यस्तैमा वैज्ञानिकहरूले अब एउटा यस्तो रङ पत्ता लगाएका छन्, जुन अहिलेसम्म कुनै पनि सामान्य मानिसको आँखाले देख्न सकेको थिएन। यो रहस्यमय रङलाई ‘ओल्हो’ (Ollo) नाम दिइएको छ।
यो रङ देख्नको लागि सामान्य आँखाको क्षमता पर्याप्त छैन। वैज्ञानिकहरूले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै, मानवीय आँखाको रेटिनामा सिधा लेजर बीम प्रक्षेपण गरेर यो रङ देख्न सफल भएका हुन्। यो प्रक्रिया अत्यन्तै संवेदनशील तथा वैज्ञानिक नियन्त्रणमा गरिएको थियो।
यो प्रविधिबाट अहिले सम्म केवल ५ जनाले मात्र ‘ओल्हो’ रङ देख्न सकेका छन्। वैज्ञानिकहरूले उल्लेख गरेका छन् कि यो अनुभव उनीहरूको जीवनकै सबैभन्दा अद्भुत क्षणहरूमध्ये एक थियो।
‘ओल्हो’ कस्तो देखिन्छ भन्ने कुरा शब्दमा स्पष्ट रूपमा वर्णन गर्न कठिन छ। वैज्ञानिकहरूले भनेका छन् कि यो रंग मयूर नीलो, गाढा निलो वा बेंजी-निलो मिश्रण जस्तो देखिए तापनि, वास्तवमै त्यो हाम्रो दृष्य अनुभवभन्दा परको हो।
यो रङ स्मार्टफोन, टिभी, ल्यापटप वा कुनै पनि डिजिटल स्क्रिनमा देखाउन असम्भव छ। वैज्ञानिकहरूले भनेका छन्, “कुनै लेख, फोटो वा डिजिटल माध्यममार्फत ‘ओल्हो’ रङ देखाउनु सम्भव छैन।”
वैज्ञानिक टोलीका अनुसार यो परीक्षण केवल रंगको अनुभवका लागि मात्र नभई मस्तिष्कले कसरी जानकारी प्रशोधन गर्छ भन्ने बुझ्नका लागि पनि गरिएको हो। लेजर प्रविधिको प्रयोगबाट दृष्टि प्रणाली र मस्तिष्क बीचको अन्तरक्रियामा अझ धेरै बुझाइ पाइने आशा गरिएको छ।
‘ओल्हो’ को प्रतिनिधित्व गर्न एक प्रतीकात्मक तस्वीर सार्वजनिक गरिएको छ, तर वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि यो फोटोले वास्तविक रंगको अनुभूति गर्न सक्दैन।
उनीहरू भन्छन्, “जसरी हामी अल्ट्राभायोलेट वा इन्फ्रारेड प्रकाश देख्न सक्दैनौं, ठीक त्यसैगरी ‘ओल्हो’ पनि मानवीय आँखाले बुझ्न नसक्ने तरंगदैर्ध्यको रंग हो।”
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा