सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक कलह थप चुलिँदै गएको संकेत दिँदै निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि कडा आरोप लगाएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा ढकालले रविलाई “टोले गुण्डा” र “पटके” को उपमा दिँदै पार्टी र वैकल्पिक राजनीतिमा गम्भीर क्षति पुर्याएको आरोप लगाएका छन्।
ढकालले लामिछानेको निरन्तर मुद्दा र अदालतका कारबाहीहरूलाई संकेत गर्दै रवि पटक–पटक जेल आउने–जाने प्रवृत्तिको व्यक्ति भएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८–२० वटा अदालतबाट हुन्छ। कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन्। यिनी जेलबाट आउ–जाउ भइराखे भने अचम्म नमान्दा हुन्छ।”
ढकालका अनुसार रविको यस्तो “पटके” व्यवहारले पार्टीभित्र र बाहिर दुवै तहमा वैकल्पिक राजनीतिक अभियानलाई अवरुद्ध गरिरहेको छ। उनले लेखेका छन्, “रवि दाइलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ, न त वैकल्पिक राजनीतिको अभियान नै। यिनी आउ-जाउ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र समग्र अभियानलाई निरन्तर डिस्टर्ब गरिरहन्छन्।”
उनले रविलाई वर्तमान समयमा राजनीतिक अप्ठ्यारोको मुख्य कारक भन्दै, यस्तो अवस्थाले अन्ततः कांग्रेस, एमाले र माओवादीजस्ता परम्परागत दलहरूलाई नै फाइदा पुग्ने उल्लेख गरेका छन्। ढकालले भनेका छन्, “लास्टमा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ, र उही अन्तिम रिजल्ट भनेको कांग्रेस–एमाले–माओवादीले नै जित्ने हुन्। तीतो लाग्यो कुरा? सत्य यही हो।”
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा