सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धरान, वैशाख ८ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालमाथि तीव्र आलोचना गर्दै उनीलाई धरान आएर देश निर्माणका विषयमा सिक्न आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत दाहालको अभिव्यक्तिलाई प्रत्युत्तर दिँदै साम्पाङले जनताको शक्ति देश बनाउने कार्यमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।
मेयर साम्पाङले फेसबुकमार्फत लेख्दै रेणु दाहालको आलोचना मात्र होइन, उनीसमक्ष देश विकासको “विजन” पनि प्रस्तुत गरेका छन्। उनले लेखेका छन्, “स्वदेशी उत्पादनमा जोड दिनु पर्छ। यो हो भिजन। बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी?”
साम्पाङले रेणु दाहाल नेतृत्वको पार्टीलाई “सामन्त, दलाल र पुँजीपतिहरूको पार्टी” को संज्ञा दिँदै तीव्र आक्रोश पोखेका छन्। उनले भरतपुर महानगरपालिकालाई बढी बजेट दिनु, धरानलाई बेवास्ता गर्नु जस्ता विषय उठाउँदै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेतको आलोचना गरेका छन्।
उनले लेखेका छन्, “रेणुजी, तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको, २० लाख मात्रै छुट्टाइदियो त मैले के गर्ने? बाऊ ठीक रैनछ, पार्टी ठीक रहेनछ त?”
यति मात्र होइन, साम्पाङले धरानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोज्दा पनि तत्कालीन सरकार र मन्त्रीहरूले अस्वीकार गरेको गुनासो गरे। उनले लेखेका छन्, “एयरपोर्ट मागेको बेलामा पनि तपाईँकै पार्टीका सुदन किराँती मन्त्री थिए, तपाईँकै बाउ प्रधानमन्त्री थिए। तर भने, ‘विराटनगरमा छँदै छ, किन चाहियो धरानमा?’”
साम्पाङले विगतका सरकार र वर्तमान प्रमुख दलहरू विभेदकारी भएको आरोपसमेत लगाएका छन्। “अहिलेका पार्टी ठीक छैनन्, विभेद मात्रै विभेद गर्छन्,” भन्दै उनले जनताको करबाट उठेको सम्पत्ति सबै नेपालीका लागि समान रूपमा प्रयोग हुनुपर्नेमा जोड दिएका छन्।
यो टिप्पणी मेयर रेणु दाहालले केही दिनअघि दिएको “हर्क साम्पाङले ठूला योजना गर्नु पर्थ्यो” भन्ने अभिव्यक्तिपछि आएको हो। साम्पाङले दाहालको टिप्पणीलाई गैरजिम्मेवार ठहर गर्दै सामाजिक सञ्जालमै प्रतिउत्तर दिएका हुन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा