सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा यस्तो तथ्याकं आएको हो ।
सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरुले सो नाफा कमाएका हुन् । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो ।
\एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो । यस क्रममा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ । तर वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै २१ गुणा नाफा बढेको देखिन्छ ।
त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । कुमारी, सिटिजन्स, हिमालयन, स्ट्याडर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम मर्सियल र कृषि विकास बैंकको पनि नाफा घटेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा