सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण (हाबियस कोर्पस)को रिट दायर गरेकी छन्।
निकिताले आइतबार सर्वोच्च अदालतमा दर्ता गराएको उक्त रिटमा लामिछानेलाई न्यायिक आदेश विपरीत थुनामा राखिएको दाबी गरिएको छ। उनको भनाइ अनुसार लामिछानेमाथि हालसम्म कुनै प्रमाणसहितको स्पष्ट अभियोग बिना थुनामा राखिएको छ, जुन नेपालको संविधान तथा कानुनी प्रक्रिया प्रतिकूल भएको जनाइएको छ।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अदालतको आदेशपछि उनी हाल कारागारमा छन्।
अदालतमा थुनुवा दफा ७३ अन्तर्गत निवेदन दायर गरिएको थियो। यो दफाले कुनै व्यक्तिलाई कानुनविपरीत थुनामा राखिएको छ वा छैन भन्ने प्रश्न उठाउँछ र यसमा न्यायिक परीक्षणको माग गरिन्छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा