सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । जानकी नवमीको अवसरमा राष्ट्रिय विदा दिनुपर्ने मागसहित जनकपुरधामका सन्त समाजले संघ सरकारलाई आग्रह गरेका छन् ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको अगुवाइमा आइतबार जनकपुरधामको तुलसी स्मारकमा आयोजित पत्रकार सम्मेलनमा सन्त समाजले जानकी नवमीलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरी सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन् ।
महन्थ रामरोशन दासले जानकी माता नेपालकै छोरी भएको स्मरण गराउँदै, संघ सरकारले अहिलेसम्म जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता नदिएकोमा दुःख लागेको बताए । उनले यस वर्ष पनि वैशाख २३ गते जनकपुरधामका विभिन्न मन्दिरहरूमा जानकी नवमी विशेष श्रद्धा र भव्यताका साथ मनाइने जानकारी दिए ।
उनले भने, ‘जानकी नवमीको अवसरमा दिप प्रज्वलनसहित भव्य सांस्कृतिक तथा धार्मिक कार्यक्रमको आयोजना गरिनेछ, जसमा देशभरका श्रद्धालु भक्तजनहरूको सहभागिता रहनेछ ।’ कार्यक्रमअन्तर्गत झाँकी प्रदर्शन, भजनकीर्तन, प्रवचन तथा सांस्कृतिक प्रस्तुतीहरू समेत समावेश गरिनेछ ।
सन्त समाजले यस पर्वको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छ । जनकपुरधामवासीहरूले समेत जानकी नवमीलाई नेपालकै गौरवको पर्व मानेर संघ सरकारले राष्ट्रिय विदा दिनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा