सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । खुसी बिक, गजेन्द्र बर्देवा र अभिषेक परियार आठौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपको आफ्नो विधामा विजेता भएका छन् ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको च्याम्पियनसिपमा महिला खुलातर्फ खुसी विजेता भइन् । लेमन मगर दोस्रो र समिक्षा राईले तेस्रो भए ।
खुला पुरुषतर्फ गजेन्द्र प्रथम, शरद राई दोस्रो र वसन्त राई तेस्रो भए । पुरुष जुनियरतर्फ अभिषेक प्रथम, अंकित बिक दोस्रो र अविनाश कुमाल तेस्रो भए ।
खुला विजेताले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार, जुनियर विजेताले १० हजार, दोस्रोले ५ र तेस्रोले ३ हजार रुपैयाँ पुरस्कार पाएको आयोजक संघका सचिव दिनेश बजगाईले बताए ।
विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल, प्रशिक्षक दिलीपराज बराललगायतले पुरस्कृत गरे ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा