सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । अमेरिकी हवाइ सेनाले यमनको ‘रास इसा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । १७१ जना घाइते भएका छन्।
अमेरिकाले इरान समर्थित हुथी विद्रोहीलाई लक्षित गर्दै यमनको ‘रास इशा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमण गरेको हो ।
रेड सी पोर्ट अथोरिटीका अनुसार, कुनै समय यमनको कच्चा तेल निर्यात र तेल तथा ग्यासका व्युत्पन्न उत्पादनहरूको आयातको लागि प्रयोग गरिने बन्दरगाह क्षतिग्रस्त भएको छ ।तेल ट्याङ्की, पाइपलाइन, मेसिन र सवारी साधनहरु नष्ट भएका छन्।
बन्दरगाहमा काम गर्ने कर्मचारीहरूले सर्वसाधारणलाई लक्षित गरी गरिएको आक्रमणप्रति आपत्ति जनाएका छन् ।
‘रास इसा’ बन्दरगाहमा क्रूर आक्रमण भयो । यो एक नागरिक बन्दरगाह हो। यहाँ कुनै हतियार र सेना छैनन्। यो एक नागरिक बन्दरगाह हो,’ बन्दरगाहका निर्देशक इब्राहिम मुक्बिलले भने।
‘हामीले बिहीबार राति ०८ः३० बजे काम सुरु गर्यौं । र हवाई हमला राति ०९ः०० बजे सुरु भयो। काम गरिरहेको बेला हामीमाथि बम खसालियो। हामी सशस्त्र लडाकुहरू नभई केवल नागरिक र बन्दरगाहका कामदार हौं। हामी निहत्था थियौं,’ यमनी तेल कम्पनीका कर्मचारी सुलेमान मकबौलीले भने।
अमेरिकी पक्षले आक्रमणको उद्देश्य बन्दरगाहलाई ध्वस्त पार्नु हो र हुथी समूहको इन्धन आयात बन्द गर्दै अर्थतन्त्रमा असर पार्ने रहेको छ । आक्रमणले यमनमा इन्धनको अभाव निम्त्याउने सम्भावना देखिएको छ । जसले गर्दा यसको मानवीय संकट झनै बढ्ने देखिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाले यही मार्च १५ देखि हुथी विद्रोही लक्षित व्यापक हवाई र नौसैनिक आक्रमण सुरु गरेको हो ।(सीसीटीभीप्लस)
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा