सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडले सबै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै नाफा कमाउँदै अग्रस्थान कायम गर्न सफल भएको छ। बैंकले पहिलो ९ महिनाको अवधिमा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढी हो।
गत वर्ष सोही अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको नाफा वृद्धिको मुख्य कारण भनेको इम्पेरमेन्ट चार्जमा आएको उल्लेखनीय घटावट हो। यो चार्ज ३ अर्ब २३ करोड रुपैयाँबाट घटेर २ अर्ब २९ करोड रुपैयाँमा झरेको छ।
यद्यपि बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेको देखिए पनि, फि तथा कमिशन आम्दानी २.२७ प्रतिशतले बढेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानीमा ०.२० प्रतिशतको सामान्य घटावट भए पनि सञ्चालन मुनाफा भने १४.०३ प्रतिशतले वृद्धि भएको छ।
EPS, P/E र नेटवर्थमा पनि उल्लेखनीय सुधार
समीक्षा अवधिमा नबिल बैंकको प्रति शेयर आम्दानी (EPS) १ रुपैयाँ ६५ पैसाले बढेर २४ रुपैयाँ ८९ पैसा पुगेको छ। त्यस्तै, बैंकको वितरणयोग्य आम्दानी २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य EPS १२ रुपैयाँ ६८ पैसा रहेको छ। बैंकको मूल्य–आम्दानी अनुपात (P/E Ratio) १९.५६ गुणा रहेको छ। साथै, प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा पुगेको बैंकले जानकारी दिएको छ।
वित्तीय संरचना मजबुत
नबिल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
प्रमुख वित्तीय सूचकहरू:
सञ्चालन पक्ष:
अन्य सूचकहरू:
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा