सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले तोकेको निषेधित क्षेत्रलाई उल्लंघन गर्ने संकेत दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् सार्वजनिक अभिव्यक्तिमा ‘हामी जे गर्छौं भनेरै गर्छौं’ भन्दै सरकारलाई चुनौती दिएका हुन्।
सरकारले राप्रपाले आयोजना गर्न लागेको प्रदर्शनप्रति चिन्ता व्यक्त गर्दै निषेधित क्षेत्र नतोड्न कडा चेतावनी दिएको थियो। तर लिङ्देनले सो चेतावनीलाई अवहेलना गर्दै प्रदर्शन सरकारको सीमाभित्र नभई राप्रपाको निर्णयअनुसार हुने स्पष्ट पारेका छन्।
उनका अनुसार आजको प्रदर्शन सरकारी निरङ्कुशतन्त्रको विरुद्धमा भएको प्रतिकात्मक र शान्तिपूर्ण विरोध हो। उनले भनेका छन्, “भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भन्ने सरकारी सोचको विरोधमा हामी उत्रिन लागेको हो।”
लिङ्देनले प्रदर्शनमा सीमित संख्यामा नेताहरू मात्र सहभागी हुने जानकारी दिँदै राप्रपाले जिम्मेवारीपूर्वक निर्णयहरू लिने पार्टी भएको बताए। उनले सरकारप्रति सन्देश दिँदै भने, “सरकारले नडराए हुन्छ।”
राप्रपाको यो कदमले राजधानीको राजनीतिक तापक्रम अझ चर्काउने देखिएको छ। सुरक्षाका लागि निषेधित क्षेत्र थप कडा बनाइएको छ भने सुरक्षा निकायहरू उच्च सतर्कतामा छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा