सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । रामेछापको खाँडोदेवी गाउँपालिकामा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।
शनिवार साँझ खाँडादेवी गाउँपालिका–४ को रजगाउँ स्थित तामाकोशीको बगरमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा रामेछापकै लिखु तामाकोशी गाउँपालिका–५ का अन्दाजी २२ वर्षीय मणिराज तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता विश्वनाथ यादवका अनुसार करेन्ट लागेर तामाङको घटनास्थलमा नै ज्यान गएको थियो । ‘टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो, मृतकको शव पोस्टमार्टम लागि मन्थली अस्पतालमा राखिएको छ’, यादवले भने ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा