सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन्। राष्ट्र बैंक स्रोतका अनुसार उनले कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिमिल्सिनालाई राजीनामा पत्र बुझाएका हुन्।
डा. भट्टले राष्ट्र बैंकको आगामी १८औँ गभर्नर बन्ने सम्भावना बलियो भएपछि कार्यकारी निर्देशक पद त्यागेका हुन्। उनी लामो समयदेखि राष्ट्र बैंकमा कार्यरत छन् र मौद्रिक नीति निर्माण, वित्तीय स्थायित्व, र बैंकिङ नियमनसम्बन्धी विषयमा गहिरो दख्खल राख्ने व्यक्तिका रूपमा चिनिन्छन्।
डा. भट्ट मात्र होइन, यसअघि राष्ट्रिय योजना आयोगका सदस्य रहेका डा. प्रकाशकुमार श्रेष्ठले पनि कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन्। यद्यपि श्रेष्ठको राजीनामा हालसम्म स्वीकृत भएको छैन। कार्यकारी निर्देशकको राजीनामा राष्ट्र बैंक सञ्चालक समितिले स्वीकृत गर्नुपर्छ।
यो दौडमा कार्यवाहक गभर्नर समेत रहेकी डा. नीलम ढुंगाना तिमिल्सिनाको नाम पनि बलियो दाबेदारको रूपमा रहेको छ। उनी हाल डेपुटी गभर्नरको हैसियतमा कार्यरत रहँदै कार्यवाहक गभर्नरको जिम्मेवारी सम्हालिरहेकी छन्।
महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गभर्नर दौड तीव्र
चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको चारवर्षे कार्यकाल सकिएपछि सरकारले डा. ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको हो। अधिकारीको कार्यकाल अवधिमा मौद्रिक नीतिमा कडाइ, विदेशी मुद्रा सञ्चिति व्यवस्थापन, र कोरोना महामारीपछिको आर्थिक सुधार जस्ता विषयमा राष्ट्र बैंकले निर्णायक भूमिका खेलेको थियो।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा