सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा ।चर्चित कथा वाचिका देवी प्रतिभा गण्डकी प्रदेशको मुख्य सहर पोखरा आइपुगेकी छिन्। उनी पोखरा महानगरपालिका–१७ मा सुरु भएको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा सहभागी हुन नेपाल आएकी हुन्।
मानवसेवा फाउन्डेसनको आयोजनामा सुरु भएको सो कोटिहोम कार्यक्रमको भव्य समुद्घाटन देवी प्रतिभाको हातबाट सम्पन्न भएको छ। फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिएअनुसार, देवी प्रतिभा आफ्नो २५ सदस्यीय टोलीसहित नेपाल आइपुगेकी हुन्। टोलीमा सुरक्षा गार्डदेखि आफ्नै ब्यान्ड बाजा समूह समेत रहेको छ।
देवी प्रतिभाले आगामी १४ दिनसम्म कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम तय गरिएको छ। उनका प्रवचन र कथावाचनलाई दैनिक सयौं भक्तजनले प्रत्यक्ष सुन्ने र दर्शन गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा शितकृष्ण महाराजजीको पनि विशेष उपस्थिति रहेको छ। हाल पोखरामा रहेका महाराजजीले देवी प्रतिभाको कथा वाचन उद्घाटन समारोहमा प्रवचन दिनुभएको छ। उनको आध्यात्मिक सन्देशले कार्यक्रमलाई अझै भावनात्मक र गहिरो बनाएको सहभागीहरूले बताएका छन्।
मानवसेवा फाउन्डेसनले आयोजना गरेको यो कोटिहोम धर्म, सेवा र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। आयोजकका अनुसार १०० कुण्डमा गायत्री मन्त्रसहितको यज्ञ अनुष्ठान सञ्चालन हुँदैछ। यसले पोखरालाई आध्यात्मिक केन्द्रको रूपमा उजागर गर्ने विश्वास आयोजकले गरेका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा