सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । संघीय संसद् अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने जनाइएको छ ।
जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–८२ माथि छलफल हुनेछ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने जनाइएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।
साथै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ः०० बजेबाट सुरू हुनेछ । उक्त बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा