सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । धनुषामा सातवटै प्रदेशको उपसभामुखहरूको तीन दिवसीय सम्मेलन सुरु भएको छ ।
बिहीबार धनुषाको लालगढमा मधेस प्रदेशसभा सचिवालयको आयोजनामा संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका सवालहरुमा छलफल सुरु भएको हो ।
तीन दिनसम्म चल्ने यो सम्मेलनमा उपसभामुखहरूले आफ्नो अनुभव आदानप्रदान गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले अहिले मुलुकमा पुर्नउत्थानवादी शक्रिहरु फेरि क्रियाशील हुन थालेको भन्दै यसबाट सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
उनले संविधान गतिशिल दस्तावेज भएका कारणले समय अनुकुल परिमार्जन गरेर लैजानुपर्ने बताए ।
त्यसैगरि मधेस प्रदेशका मुखयमन्त्री सशितकुमार सिंहले संघीयता आएपछि विकासहरु धेरै भएको तर संघीयता समाप्त पार्ने तत्वहरु क्रियाशील रहेको र यसबाट सचेत हुनुपर्ने आवश्यकता रहेको बताए ।
उपसभामुखहरूको सम्मेलनमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, कोशी प्रदेशका उपसभामुख सृजना दनुवार, मधेस प्रदेशका बबिताकुमारी ईशर, बागमती प्रदेशका अप्सरा चापागाईं, गण्डकी प्रदेशका विना कुमारी थापा, लुम्बिनीका मेनुका खाँड केसी, कर्णालीका यशोदा न्यौपाने, सुदूरपश्चिमका कोइलीदेवी चौधरी उपस्थित छन् ।
यस्तै, यस सम्मेलनमा वरिष्ठ संविधानविद् काशीराज दाहाललगायतको उपस्थिति रहेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा