सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४९ अङ्कले बढेर २ हजार ७२२ दशमलव ७३ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको यसदिन ३११ वटा कम्पनीका २ करोड ३७ लाख कित्ता शेयर १० अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन पावरको १ अर्ब ५८ करोडको शेयर किनबेच भयो । यो कारोबार रकम झन्डै डेढ महिनायताकै उच्च हो । यसअघि गएको फागुन २१ गते १० अर्ब ८३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा लगानी समूहको शेयर झन्डै ३ प्रतिशतले उकालो लागेको छ ।
यसदिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन एनआईसी एशिया डिबेन्चर र बोटलर्स नेपाल ९बालाजु० कम्पनीको शेयर भने ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका २ करोड ३७ लाख कित्ता शेयर १० अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा