सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । सर्लाही प्रहरीले २ सय ४४ किलोग्राम लागुऔषध गाँजासहित पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ ।
मरिनबाट लालबन्दीतर्फ आउँदै गरेका बा.२०च. १७८२ नम्वरको बोलेरो पिकअप भ्यानलाई लालबन्दी नगरपालिका वडा नम्वर १३ पत्थरकोटमा चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा बरामद भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
लालबन्दी नगरपालिका वडा नम्वर १ नबलपुर बस्ने २५ बर्षीय पिकअप भ्यानका चालक सुशिल चौधरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले बताए ।
उनका अनुसार धानको भुस्साको बोरा मुनी रातो प्लाष्टिकले प्याक गरिएका ४५ पोका लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा फेला परेको हो । पक्राउ परेका चौधरीसंग लागुऔषध ओसारपसार कसुर ऐन अन्तर्गत अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।गाँजा लोड भएको गाडी प्रहरीकै नियन्त्रणमा रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा