सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार मोरङको सीमावर्ती जहदा गाउँपालिकामा तीन वटा पुलको उद्घाटन गरेका छन् ।
जहदा–२ स्थित जुडी खोलामा निर्मित पुल, कटकरी गाउँपालिका वडा २ र जहदा–४ जोड्ने लोहन्द्रा खोलाको, जहदा गाउँपालिका–७ स्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोलमा बनेको पुलको उपप्रधानमन्त्री सिंहले उद्घाटन गरेका हुन् ।
पुल उद्घाटनका लागि आएका उपप्रधानमन्त्री सिंहले राष्ट्र हितलाई ध्यानमा राखेर र जनतालाई केन्द्रमा राखेर बिस्तारै काम गर्दै जानुपर्ने बताए । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले संघीयता, समावेशिता, धर्मनिरपेक्षतालगायतका जनअधिकार संविधानसभाबाट आएको संविधानले सुनिश्चित गरेको बताए ।
संविधान आइसकेपछि केहीले व्यवस्था परिवर्तन भयो तर हाम्रो अवस्था नै परिवर्तन नभएको गलत भाष्य निर्माण गरिरहेको उनको भनाई छ ।
कांग्रस एमाले सरकार निर्माणको सहमति अनुसार संविधान संशोधनका लागि कार्यदल गठन गरेर सरकारले प्रक्रिया अघि बढाएको सिंहले बताए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा