सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध जबरजस्ती करणीको गम्भीर आरोप लागेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।
प्रहरीका अनुसार अहिराजमाथि एक नाबालिग युवतीलाई लामो समयदेखि शारीरिक तथा मानसिक यातना दिएको आरोपमा उजुरी परेको छ। उजुरीकर्ताले उनी १७ वर्षकी हुँदा देखिनै अहिराजबाट निरन्तर यौन दुर्व्यवहार सहनुपरेको बताएकी छिन्।
परिसरका प्रवक्ता एवं एसपी अपिलराज बोहराले दुर्व्यवहारको विषय आएकाले वास्तविकतामाथि अनुसन्धान भइरहेको बताए पनि थप केही उल्लेख गर्न चाहेनन् ।
अहिराज सन् २०२१ (वि.सं. २०७७ फागुन ७) मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा मधेश प्रदेश प्रमुख पदमा नियुक्त भएका थिए। उनी पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन् र मधेश क्षेत्रमा केही सामाजिक अभियानमा सक्रिय रहँदै आएका थिए।
तर हाल उजुरीमा उल्लेखित घटनाले उनको राजनीतिक र सामाजिक छविमा गम्भीर प्रश्न उठाएको छ। स्रोतका अनुसार उजुरीकर्ताले सम्बन्धित प्रमाणहरूसहित जाहेरी दिएकी छन्।
प्रहरी स्रोतले जनाएअनुसार अहिले प्रारम्भिक अनुसन्धान अन्तर्गत बयान लिने, प्रमाण संकलन गर्ने तथा आवश्यक परेमा पीडितको स्वास्थ्य परीक्षण र मनोवैज्ञानिक सहयोगको व्यवस्था मिलाउने तयारी भइरहेको छ।
यदि आरोप पुष्टि भएमा अहिराजलाई नेपालको फौजदारी संहिता, २०७४ अन्तर्गत गम्भीर सजाय हुनसक्नेछ। जबरजस्ती करणी तथा बाल यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा नेपालमा कडा कानुनी व्यवस्था छ।
अहिराजले भने हालसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा