सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कुमारी बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ योजना ‘“टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’ सार्वजनिक गरेको छ। बैशाख १ गतेदेखि लागू भएको यो योजना बैशाख ३१ गतेसम्म सञ्चालनमा रहनेछ।
ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग एप प्रयोग गरी कम्तीमा रु. १०० को मोबाइल टपअप र रु. ५०० वा सोभन्दा बढीको Fonepay Direct कारोबार गरेपछि यस योजनामा स्वतः सहभागी हुनेछन्।
योजनाअन्तर्गत:
कुमारी बैंकले यो योजनामार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यममार्फत कारोबार गर्न थप प्रोत्साहित गर्दै, सहज, सुरक्षित र भरपर्दो डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।
हाल कुमारी बैंक देशभर फैलिएको ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरूमार्फत ग्राहक सेवा प्रदान गरिरहेको छ। २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको बैंकले भविष्यमा पनि ग्राहककेन्द्रित र प्रविधिमैत्री सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा