सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बजेट अधिवेशन वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसमा अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले बुधबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। यो अधिवेशन नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम बोलाइएको हो।
सरकारका अनुसार अधिवेशनको मुख्य उद्देश्य संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्नु हो। सो विधेयक लामो समयदेखि छलफलमा रहँदै आएको छ र शिक्षा प्रणालीको रूपान्तरणमा महत्वपूर्ण मानिन्छ।
यस अधिवेशनमा आर्थिक वर्ष २०८१/८२ का लागि बजेटसम्बन्धी तयारी, नीति तथा कार्यक्रम प्रस्तुतिका साथै विभिन्न विधेयकमाथि छलफल हुने अपेक्षा गरिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा