सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रामेछापबाट सोलुखुम्बुको लुक्लातर्फ उडेको सीता एयरको एक जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जहाजमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएको हो। समस्याको सूचना पाएपछि सतर्कता अपनाउँदै जहाजलाई पुनः काठमाडौं ल्याएर अवतरण गराइएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
हाइड्रोलिक समस्याका कारण जहाज धावनमार्गमै रोकिनु परेकाले केही समयका लागि त्रिभुवन विमानस्थलमा उडान अवतरण प्रक्रिया स्थगित गरिएको थियो। जहाजलाई सुरक्षित रूपमा रनवेबाट हटाएपछि मात्रै नियमित उडान सुचारु गरिएको हो।
विमानस्थलले जहाजमा सवार सबै यात्रुहरू सकुशल रहेको जनाएको छ। हाल जहाजको प्राविधिक टोलीले समस्या के कारणले आएको हो भन्नेबारे जाँच सुरु गरेको बताइएको छ।
सीता एयर वा नागरिक उड्डयन प्राधिकरणले औपचारिक विवरण सार्वजनिक नगरिसके पनि प्राविधिक समस्या समाधानपछि मात्रै जहाज पुनः परिचालन गरिने जनाइएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा