सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न शुक्रबार दिउँसो १ बजको लागि संघीय संसद बैठकको आह्वान गरिने भएको छ ।
मंगलवार मन्त्रिपरिषद्को बैठक बस्दै सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिएकी छन् ।
नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको मन्त्री भट्टराईले जानकारी दिईन् ।
मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुलाई विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध समेत गरेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा