सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली सिने जगतकी चर्चित अभिनेत्री अरुणिमा लम्सालले आफ्ना पति युवराज श्रेष्ठविरुद्ध सम्बन्धविच्छेदको मुद्दा अदालतमा दायर गरेकी छन्। पछिल्लो समय वैवाहिक जीवनमा देखिएको असहजता र दूरीका बारेमा चर्चासँगै उनले अन्ततः सार्वजनिकरूपमा सम्बन्धबिच्छेदको पुष्टि गरेकी हुन्।
नेपाल आएकी लम्सालले हालै विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा आफूले मुद्दा दायर गरेको खुलासा गरेकी हुन्। उनका अनुसार यो मुद्दा ७–८ महिना अघि नै दर्ता गरिएको हो, तर पति श्रेष्ठले अहिलेसम्म सहमति जनाएका छैनन्।
“झूटो मान्छेसँगभन्दा सिङ्गल बस्न सजिलो” अन्तर्वार्तामा अरुणिमाले भावुक हुँदै भनिन्,
“विवाहअघि जे सुनिएको थियो, त्यो सबै राम्रो थियो । तर पछि सबै गलत मात्रै सुनियो । यस्तो झूटो मान्छेसँग जीवन बिताउनु भन्दा सिङ्गल नै बस्छु भनेर यो निर्णय लिएँ।”
उनले हाल ५ महिनादेखि युवराजसँग कुनै सम्पर्क नभएको बताएकी छन्। युवराजले विवाहको उद्देश्य अमेरिका जानु मात्र भएको आरोप पनि लगाएकी छिन्।
दुवैले २०८१ सालको भदौ ३ गते काठमाडौँस्थित राम मन्दिरमा धार्मिक विधिअनुसार विवाह गरेका थिए। यसअघि उनीहरूले सुनसरी जिल्ला अदालतमा कानुनी विवाह पनि गरेका थिए।
अरुणिमाका अनुसार यो विवाह छोटो समयको चिनजानपछि परिवारको पहलमा भएको थियो। विवाहपश्चात् केही दिनमै उनी अमेरिका फर्किएकी थिइन्, र त्यसयता युवराजको मूल घरमा समेत नगएको बताइन्छ।
युवराज श्रेष्ठले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। यस विषयमा उनको धारणा प्राप्त हुन सकेको छैन। सामाजिक सञ्जालमा पनि उनले यसबारे केही उल्लेख गरेका छैनन्।
अरुणिमाले आफ्नो निर्णयलाई आत्मसम्मानसँग जोड्दै भनिन् कि अब आफूले आफ्नै बलमा छोरीको भविष्य बनाउनेछिन्।
“जीवनमा गलत मान्छेसँग बाँधिनु भन्दा सहनशील र आत्मनिर्भर बन्नु राम्रो हो,” उनले अन्तर्वार्तामा भनिन्।
उनको यो व्यक्तिगत निर्णयसँगै फेरि एकपटक नेपाली सेलिब्रिटी वैवाहिक सम्बन्धको अस्थिरता सार्वजनिक चर्चाको केन्द्रमा आएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा