सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ स्थित बोडेमा धार्मिक तथा सांस्कृतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने परम्परागत जिब्रो छेड्ने जात्रा भव्य रूपमा सम्पन्न भएको छ।
बिस्केट जात्राको अवसरमा मनाइने यो अनौठो जात्रामा यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले तेस्रोपटक जिब्रो छेडाउँदै परम्परालाई निरन्तरता दिएका छन्। १० इन्च लामो फलामको सुइरो प्रयोग गरेर सार्वजनिकरूपमा जिब्रो छेडिएको दृश्य हेर्न सयौँको संख्यामा स्थानीय बासिन्दा तथा पर्यटकहरू उपस्थित थिए।
जिब्रो छेड्नुअघि विशेष धार्मिक विधिअनुसार चारदाम चढाइने चलन रहेको छ। साथै, यो जात्रामा सहभागी हुने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने, नुन नखानु पर्ने, महिला तथा अशुद्ध व्यक्तिलाई नछुनुपर्ने कडा धार्मिक नियमहरू पालना गर्नुपर्छ भन्ने जनविश्वास छ।
स्थानीय बासिन्दाहरूका अनुसार, यो जात्रा सदियौँदेखि चल्दै आएको छ र यसले नेवार समुदायको परम्परा, धार्मिक आस्था र साहसको प्रतीकको रूपमा स्थान बनाएको छ। सुजन बाग श्रेष्ठले तेस्रोपटक जिब्रो छेडेर यो संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा