सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । पोखरा महानगरपालिका अन्तरगतको स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ। पोखरा महानगरपालिकाले अन्यायपूर्ण तरीकाले अवकाश दिएको भन्दै संघर्षरत स्वास्थ्यकर्मीहरुले मंगलबार पोखरा महानगरपालिकाको लेखनाथस्थित स्वास्थ्य महाशाखामा तालाबन्दी गरेका हुन् ।
महानगरपालिकाले करारका कर्मचारीहरुलाई हटाउने निर्णय गरेसँगै महानगरपालिका अन्तरगतका स्वास्थ्य चौकी र क्लिनिकहरुमा कार्यरत ५९ कर्मचारीहरु निरन्तर रुपमा आन्दोलित छन् ।
गत मंसिर २८ गते बसेको पोखरा महानगरपालिकाको विशेष नगरसभाले माघ १ गतेदेखि करारका कर्मचारी हटाउने र लोकसेवा आयोगको सिफारिशमा परेका बैकल्पिक उम्मेदवारहरुलाई महानगरमा काममा लगाउने निर्णय गरेको थियो ।
महानगरको उक्त निर्णयविरुद्ध स्वास्थ्यका कर्मचारीहरु सर्वाेच्च अदातल पुगेका थिए । सर्वाेच्चले गएको माघ १३ गते अर्को आदेश नआएसम्मका लागि करारका कर्मचारी हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश गरेको छ ।
तर, पोखरा महानगरपालिकाले करार तोडिसकिएको अवस्थामा अब उक्त करारलाई निरन्तरता दिन नसकिने भन्दै आन्दोलनरत स्वास्थ्यका कर्मचारीहरुलाई काममा फर्कन दिएको छैन ।
तर आन्दोलानारत स्वास्थ्यका कर्मचारीहरु महानगरपालिकाले सर्बोच्चको अन्तरिम आदेशलाई समेत लत्याएर कार्यान्बयन नगरेको भन्दै आन्दोलन गरिरहेका छन् र त्यही आन्दोलनको निरन्तरताका रुपमा उनीहरुले पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी गरेका हुन् ।
यसैबिचमा माघ १० गते बसेको नगर सभाबाट संघ, प्रदेश सरकारसँगको साझेदारी तथा अन्य संघ संस्था साझेदारहरुसँगको सहयोग तथा साझेदारीमा सञ्चालित कार्यक्रमका लागि भन्दै हटाइएका तीन कर्मचारीलाई महानगरले हाजिर गराएको छ ।
आन्दोलनरत कर्मचारीले अदालतको अल्पकालीन अन्तरिम आदेशको पालना गर्न र निकालिएका करार कर्मचारीलाई निशर्त पुनः वहाली गर्न माग गरेका छन् ।
यस्तै नीति, विधि र प्रक्रिया विपरित मनोमानी तरिकाले शुभलाभका आधारमा विना प्रतिष्पर्धा नियुक्ति गरिएका तीन जना स्वास्थ्यकर्मीको नियुक्ति बदर गर्नसमेत उनीहरुको माग छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा