सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार २७ दशमलव १४ अङ्कले बढेर २ हजार ६८९ दशमलव २२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको यसदिन ३२० वटा कम्पनीका २ करोड १८ लाख कित्ता शेयर ८ अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै वलेफी हाइड्रोपावरको २ अर्व १ करोड भन्दा बढिको शेयर किनबेच भयो ।
आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक र लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नेपाल माइक्रो इन्सुरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बलेफी हाइड्रोपावर कम्पनीको शेयर भने साढे ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा