सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ। साविककै आकार, डिजाइन र रङमा तयार पारिएका यी नोटहरू क्रमशः ४५०००००१ देखि भ १८९९९९९९ सम्मका सिरियल नम्बरमा उपलब्ध हुने छन्।
नोटको अग्रभागमा बाँया तर्फ सगरमाथाको चित्र तथा दायाँ तर्फ राष्ट्रिय फूल लालिगुराँसको छाप समावेश गरिएको छ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको यस नोटको तल्लो भागको किनारमा वर्ष २०८१ अंकित गरिएको छ।
त्यस्तै, नोटको पछाडिको भागमा माथिल्लो खण्डमा अंग्रेजीमा “NEPAL RASTRA BANK”, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र राखिएको छ, जसले नेपालको हिमाली सम्पदाको झल्को दिन्छ।
राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा पुराना नोटहरूको स्थानमा नयाँ नोटहरू चलनमा ल्याउने परम्परा अनुसार यस वर्ष पनि नयाँ श्रृङ्खलाको पाँच रुपैयाँको नोट वितरण गरिएको जनाएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा