सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । उमाकुण्ड गाउँपालिकाको प्रयोजन, ३ नं वडा कार्यालयको सहप्रायोजन तथा उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजना र ३ नं वडा खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भएको अन्तरपालिका खुला पुरुष तथा महिला भलिबल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
चैत २८ गतेबाट सुरु भएको खेल ५ दिनसम्म चलेको थियो । उमाकुण्ड गाउँपालिका–३ को धोबीटार खेल मैदानमा भएको पुरुष तर्फको फाइनलमा खेलमा गोकुलगंगा गाउँपालिका रामेछापले लिखुपिके गाउँपालिका गोली सोलुखुम्बुलाई हराउँदै प्रथम भएको छ ।
पुरुष तर्फको विजेता गोकुलगंगा गाउँपालिका रामेछापले उपाधिसँगै नगद १ लाख, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिखुपिके गाउँपालिका गोली सोलुखुम्बुले नगद ७० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
तेस्रो स्थानको लागि भएको लिखु तामाकोशी गाउँपालिका रामेछाप र खाँडादेवी गाउँपालिका रामेछाप बिच भएको प्रतिस्पर्धामा लिखु तामाकोशी गाउँपालिका रामेछापले खाँडादेवी गाउँपालिका रामेछापलाई हराएको छ । तेस्रो स्थान हासिल गर्ने लिखु तामाकोशी गाउँपालिका रामेछापले नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
महिला तर्फ मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगा र दोलखाको विगु गाउँपालिका बिच भएको फाइनल खेलमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका विजेता प्रथम भएको छ । प्रतियोगितामा विगु गाउँपालिका दोलखा उपविजेता भएको छ ।
प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुर र रामेछापको उमाकुण्ड गाउँपालिकाबिच भएको तेस्रो स्थानको खेलमा आमचोक गाउँपालिका भोजपुरले जित हासिल गरेको छ ।
महिला तर्फको विजेता मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाले पनि उपाधिसँगै नगद १ लाख, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता विगु गाउँपालिका दोलखाले नगद ७० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने आमचोक गाउँपालिका भोजपुरले नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा पुरुष तर्फ लिखुपिके गाउँपालिका गोली सोलुखुम्बुका विष्णु बस्नेत उत्कृष्ट खेलाडी र रूपेश बस्नेत उत्कृष्ट सेटरमा घोषित भएका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिका रामेछापका विवेक कार्की उत्कृष्ट ब्लकर, सुजन खड्का उत्कृष्ट स्पाइकर, आदित्य श्रेष्ठ उत्कृष्ट लिब्रो घोषित भएका छन् । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र बाँकी उत्कृष्ट विधाका खेलाडीहरूलाई जनही नगद ३ तीन हजार सहित ट्रफीद्वारा सम्मान गरिएको छ ।
प्रतियोगितामा महिला तर्फ मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाकी चन्द्रकुमारी बस्नेत उत्कृष्ट खेलाडी घोषित भइन् । विगु गाउँपालिका दोलखाकी सुस्मिता नेपाली उत्कृष्ट स्पाइकर र मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाकी मनीषा राई उत्कृष्ट सेटर, रेश्मी, राई उत्कृष्ट ब्लकर, प्रमीला आले मगर उत्कृष्ट लिब्रो घोषित भइन । उत्कृष्ट खेलाडीलाई नगद ५ पाँच हजार र बाँकी उत्कृष्ट विधाका खेलाडीहरूलाई जनही नगद ३ हजार रुपैँया सहित ट्रफीद्वारा सम्मान गरिएको छ ।
प्रतियोगितामा पुरुष तर्फ ९ टिम र महिला तर्फ ७ टिम गरी १६ टिमको सहभागिता रहेको थियो । खेलको उद्घाटन गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरेका थिए । विजयी खेलाडीलाई वडाध्यक्ष गुणकुमार थापाले पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा