सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि—२० पुरूष क्रिकेटमा अत्तरीया क्रिकेट क्लब र होराइजन क्रिकेट क्लब विजयी भएका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबारको खेलमा समुह ‘डि’ तर्फ अतरीया र होराइजनले जित निकालेका हुन् ।
सुनसरी अतरीयाले सुन्दर हरैचा क्रिकेट क्लबविरुद्ध १ विकेटको जित निकाल्दा होराइजनले मालपोखरी क्रिकेट क्लबविरुद्ध ४२ रनले जित दर्ता गरेको छ । दुबैले समुहमा २–२ अंक बटुलेका छन् ।
पोखरा रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएको तीन ओभर छोट्टाइएको खेलमा सुन्दर हरैचाले ६ विकेटको क्षतीमा १३५ रन बनायो । ओपनर रितेश राईलाई सुरुवातमै ४ रनमा गुमाएपछि, सन्दीप ढुंगानाले इनिङलाई सम्हाल्दै २४ बलमा ३० रनको योगदान दिए ।
उनले चार चौका र एक छक्का प्रहार गर्दै लयमा देखिए । तर अभिषेक कोइरालाले उनलाई रन आउट गरे । मृणाल गुरुङले र मनिष थापाले १५ बलमा २० रन बनाए ।
मध्यमक्रममा समीर कार्कीले २२ बलमा २६ र गौरव कटवालले १५ बलमा १७ रन बनाउँदै इनिङलाई स्थायीत्व दिए । तर अन्तिमतिर ओम्कार यादवले विस्फोटक प्रदर्शन गर्दै १४ बलमा अविजित २३ रन बनाए । जसमा दुई चौका र एक छक्का समावेश थियो ।
यता अतरियाको बलिङतर्फ अर्जुन बिकले सबैभन्दा प्रभावशाली स्पेल फाले । उनले ४ ओभरमा मात्र २२ रन खर्चेर २ विकेट लिए । भोेजराज भट्टले ३ ओभरमा १२ रन खर्चेर १ विकेट लिए । यता बसन्त खत्रीले पूरै ४ ओभर बलिङ गर्दै ४० रन खर्चेर १ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा अत्तरियाका ओपनर (म्यान अफ दि म्याच) अभिषेक पालले शानदार अर्धशतक प्रहार गर्दै ४० बलमा ५३ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गर्दै इनिङ्सको आधार तयार गरे । कप्तान बिपिन रावल झनै आक्रामक शैलीमा खेल्दै २७ बलमा ४६ रन बनाउँदै ५ चौका र २ छक्का हाने ।
यी दुई ब्याट्सम्यानले बलियो सुरुवात गरे पनि मिडल अर्डरमा विकेटको लर्को लाग्यो । निशाल क्षेत्री (४), खगेन्द्र जोशी (१), बसन्त खत्री, अर्जुन बिक, अभिषेक कोइराला, सुशिल साउद, र भोेजराज भट्ट जस्ता ब्याट्सम्यानहरू सस्तैमा पवेलियन फर्किए ।
यसबीचमा टेक रावतले निर्णायक इनिङ्स खेले । उनले ११ बलमा अविजित २४ रन बनाए । जसमा ३ छक्का आफ्नो नाममा लेखाए । उनले अन्तिमसम्म टिक्दै टोलीलाई जितसम्म पु¥याए ।
सुन्दर हराइचाका बलर समीर कार्कीले ३ विकेट लिए । सन्दीप ढुंगानाले पनि ३ विकेट लिएर अत्तरीयालाई दबाबमा राखे । प्रकाश कार्कीले ३ विकेट लिँदै महत्वपूर्ण योगदान दिए ।
यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङको सुरूवात गरेको होराइजन क्रिकेट क्लबले २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन बनाउँदै विपक्षी टोलीलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत ग¥यो ।
होराइजनले सुरुवात केही कमजोर गरे पनि मिडल अर्डरले इनिङ्स सम्हाल्दै राम्रो स्कोर तयार ग¥यो । ओपनर निशाल ज्ञवालीले ५ बलमा मात्र १ रन बनाएर आउट भए । अर्का ओपनर तथा कप्तान अमर मिश्रले छोटो तर विस्फोटक इनिङ्स खेल्दै ६ बलमा १२ रन बनाए । जसमा १ चौका र १ छक्का समावेश थियो ।
सुमन पाण्डेले पनि आक्रमक शैलीमा १८ बलमा २४ रन बनाए । मिडल अर्डरका कमल बिस्टले ४१ बलमा ३७ रन बनाएर इनिङ्सको मियो सम्हाले । द्रुत गतिमा रन बनाउने प्रयासमा नरबहादुर सार्कीले मात्र ७ बलमा १८ रन बनाए भने, बिपरशन केसीले पनि २० बलमा ३२ रन जोड्दै पारीलाई गति दिन सफल भए ।
निर्मल गुरुङले पनि अविजित १३ रन (८ बल) बनाएर अन्तिमतिर सहयोगी भूमिका खेले ।
बलिङतर्फ सिराज हुसेनले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने सन्दीप कार्कीले पनि आक्रमक मिडल अर्डरको भत्काउन ३ विकेट झारे । जितेश मण्डल र डब्लु मियाँले पनि १–१ विकेट लिए ।
१६६ रनको लक्ष्य पछ्याउने क्रममा मालपोखरी क्रिकेट क्लबको इनिङ्स १९.४ ओभरमै १२३ रनमा सीमित हुँदा उनीहरूले ४२ रनले हार बेहोर्नुप¥यो । होराइजन क्रिकेट क्लबले बलिङमा उत्कृष्ट समन्वय देखाउँदै प्रतियोगितामा सशक्त प्रदर्शन ग¥यो ।
लक्ष्य पछ्याउन उत्रेको मालपोखरीले शुरुवातमै विकेट गुमायो । ओपनर रणवीर यादवले ११ बलमा ७ रन बनाएर आउट भए । अर्का ओपनर डब्लु मलिकले केही सम्हालिएको इनिङ्स खेले । उनले २९ बलमा २६ रन बनाए ।
जितेश मण्डलले पनि २६ बलमा २५ रन बनाएर आशा देखाए । तर आवश्यक रन गति कायम राख्न सकेनन् । कप्तान सोहन कुमार यादवले ८ बलमा ८ रन बनाउँदै एक छक्का हाने पनि लामो समय टिक्न सकेनन् ।
मालपोखरीको इनिङ्सको एक मात्र सकारात्मक पक्ष बिजय गुप्ता रहे । जसले २४ बलमा अविजित ३२ रन बनाउँदै विपक्षी बलिङलाई केही चुनौती दिए । तर मिडल अर्डर र तल्लो क्रममा विकेट लगातार खसिरहँदा टिम दबाबमा प¥यो ।
निर्मल गुरुङले घातक बलिङ गर्दै दुई महत्वपूर्ण विकेट लिए । जसमा आतिश दास र चन्दन यादव पनि थिए । अमर मिश्र र बिपरशन केसीले पनि २–२ विकेट लिए, भने निशाल ज्ञवालीले अन्तिममा २ विकेट झार्दै विपक्षीको पारी समेट्न मद्दत गरे । सो खेलको म्यान अफ दि म्याच बिपरशन बने ।
भोली सोही समुह अन्तर्गत पहिलो खेल अतरीया र होराइजन तथा दोस्रो खेल सुन्दर हरैचा र मालपोखरी क्लबकाबीच हुनेछ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा