सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । अमेरिकाको आपतकालीन खाद्य सहायतामा गरिएको कटौतीले अफगानिस्तान प्रभावित हुने देखिएको छ ।
भोकमरीको सामना गरिरहेको अफगानिस्थानमा विश्व खाद्य कार्यक्रम अन्तर्गतको राशन आधा कटौती गरिने अमेरिकी चेतावनीपछि गरिबहरु बढी मारमा पर्ने देखिन्छ ।
सरकारी घाटा कम गर्ने आफ्नो योजना अनुसार ट्रम्प प्रशासनले जनवरीमा तीन महिनाको लागि सबै विदेशी सहायता फ्रिज गर्ने निर्णय गरेको थियो । हालै मात्र आफ्नो आपतकालीन खाद्य कोष समाप्त गर्ने घोषणा गरेको थियो ।
उक्त कटौती लागू भएको खण्डमा ‘लाखौं मानिसहरूको लागि मृत्युदण्ड’बराबर अनुमान गरिएको छ । विश्व खाद्य कार्यक्रमका कार्यवाहक कन्ट्री निर्देशक मुटिन्ता चिमुकाले अफगानिस्तान विश्वको दोस्रो ठूलो मानवीय संकटको सामना गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय दाताहरूलाई सहयोग गरिरहन आग्रह गरिन् ।
डब्लुएफपीले आगामी महिनाहरूमा भोकमरी विरुद्ध लड्न २० लाख मानिसहरूलाई खाद्य सहायता प्रदान गर्ने योजना बनाएको छ । तर सीमित कोषको कारण पर्याप्त राशन उपलब्ध गराउन नसकिने बताइन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा