सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । संयुक्त राज्य अमेरिका र हुथी विद्रोहीहरू बीचको तनाव बढेको छ । यमनमा हुथी नियन्त्रित क्षेत्रहरूमा अमेरिकी हवाई आक्रमण बढेपछि त्यसको विरोध सुरु भएको छ । शुक्रबार त्यहाँ विशाल प्रदर्शन गरिएको छ ।
शुक्रबार साँझ, यमनको हुथी समूहले विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले राजधानी साना र पश्चिमी अल हुदैदाह गभर्नरेटमा हवाई आक्रमण गरेको जनाएको छ ।
अमेरिकी बी–२ बमवर्षक विमानहरू यमनी हवाई क्षेत्रमा प्रवेश गरेको र धेरै प्रान्तहरूमा उडान गरेका थिए । तर आक्रमण गरेको भन्नेबारे पुष्टि भइसकेको छैन् ।
अमेरिकी आक्रमणको विरोधमा शुक्रबार दक्षिणी सानाको सेभेन्टी स्क्वायरमा ठूलो विरोध प्रदर्शन भएको थियो । जहाँ प्रदर्शनकारीहरूले यमन र प्यालेस्टाइनको झण्डा उठाए र बढ्दो अमेरिकी हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए ।
पछिल्लो हप्ता हुथी र अमेरिकी सेनाबीचको टकराव बढेको छ । अमेरिकी युद्धक विमानहरूले साना लगायत धेरै हुथी नियन्त्रित स्थानहरूमा बमबारी गरिरहेका छन् । अमेरिकी विमान वाहक युएसएस कार्ल भिन्सन लाल सागरमा आइपुगेको जनाइएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा