सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धरान, चैत २९ । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पानीजस्तो आधारभूत सेवामा राजनीति नगर्न आग्रह गरेका छन्।
बिहीबार अख्तियारको इटहरी कार्यालयमा पठाइएको पत्रमा मेयर साम्पाङले धरानमा सञ्चालित खानेपानी योजनालाई लिएर गरिएको उजुरीप्रति आपत्ति जनाएका हुन्।
उनीविरुद्ध धरानको कोकाहा खानेपानी श्रमायोजनामा अनियमितता भएको आरोप लगाउँदै उजुरी परेको थियो। त्यसपछि अख्तियारले उनलाई स्पष्टिकरणका लागि पत्राचार गरेको हो।
मेयर साम्पाङले पत्रमा लेखेका छन्, “मेलम्ची, दमक टावर, एनसेल, वाइडबडी जस्ता ठूला घोटालामा ध्यान नदिई जनताको श्रमदानमा आधारित पानी योजना खोतल्नु उचित होइन। पानीमा राजनीति नगरौं, तिर्खाएका जनताको श्राप लाग्ला।”
उनले धरान खानेपानी बोर्ड स्वायत्त निकाय भएको उल्लेख गर्दै, नगरवासीलाई पानी आपूर्ति गर्न कानुनी दायराभित्र रहँदै काम गरिरहेको जानकारी दिएका छन्।
काठमाण्डौंबाट बारम्बार पानी ल्याउन आग्रह गर्दा सुनुवाइ नभएपछि सिंहदरबारमै गाग्री बोकेर पुगेको प्रसंग पनि उनले दोहोर्याएका छन्।
“जनतालाई तत्काल पानी चाहिएको छ। खोस्टा होइन, काम चाहिएको छ। त्यसैले श्रमदानमा जुटेका हौं,” मेयर साम्पाङले पत्रमा उल्लेख गरेका छन्।
उनका अनुसार हाल धरानमा ‘कोकाहा खानेपानी श्रमायोजना २’ अन्तर्गत पानी आपूर्ति विस्तारको काम भइरहेको छ, जसमा सहयोगी तथा समर्थकहरूको भौतिक र आर्थिक सहकार्य रहेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा