सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २९ चैत । नेपाल सेनाले सैनिक पदका लागि ३ हजार जना नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको छ। सैनिक भर्ती निर्देशनालय, जंगी अड्डाबाट प्रकाशित सूचनामा भनिएको छ कि दरखास्त २०८१ चैत २९ गतेदेखि २०८२ वैशाख २७ गतेसम्म अनलाइनमार्फत वा नजिकको भर्ती केन्द्रमा गई पेश गर्न सकिनेछ।
सैनिक पदका लागि खुला तथा समावेशी प्रतिस्पर्धाबाट भर्ना गरिनेछ। महिला, आदिवासी/जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र, तथा शहीद/अपांग कोटामा छुट्टाछुट्टै संख्यामा पदहरू खुलाइएको छ। सबै मिलाएर २५ भर्ती केन्द्रमार्फत ३,००० जनाको पदपूर्ति गरिनेछ।
दरखास्त दिने अन्तिम मिति र दस्तुर
सामान्य दरखास्त म्याद: २०८१/१२/२९ देखि २०८२/०१/२७
ढिलो शुल्कसहित: २०८२/०१/२८ देखि २०८२/०२/०३
दरखास्त दस्तुर रु १५० तोकिएको छ। एउटै विज्ञापन नं अन्तर्गत एकभन्दा बढी समावेशी समूहमा आवेदन दिन चाहेमा थप २०% शुल्क लाग्नेछ।
शैक्षिक योग्यता र शारीरिक मापदण्ड
न्यूनतम शैक्षिक योग्यता: कक्षा ८ उत्तीर्ण (SLC/SEE वा सोभन्दा माथिको प्रमाणपत्र भएमा कक्षा ८ को प्रमाणपत्र आवश्यक छैन)
पुरुषका लागि: उचाइ कम्तीमा ५ फिट ३ इन्च, छाती ३२–३४ इन्च, तौल कम्तीमा ५० किलो
महिलाका लागि: उचाइ ५ फिट, तौल कम्तीमा ४० किलो
आवश्यक कागजातहरू
छनोट प्रक्रिया
शारीरिक परीक्षण, प्रारम्भिक स्वास्थ्य परीक्षण, लिखित परीक्षा, अन्तिम स्वास्थ्य परीक्षण, तथा अन्तर्वार्ता गरिनेछ। परीक्षाको मिति २०८२/०२/१४ गते बिहान ११:०० बजे सम्बन्धित भर्ती केन्द्रमा हुनेछ।
अनलाइन आवेदन प्रक्रिया
उम्मेदवारले www.nepalarmy.mil.np वा http://vacancy.nepalarmy.mil.np मा गई अनलाइन फारम भर्न सक्नेछन्। अनलाइन फारम भरेपछि PDF मा डाउनलोड गरी प्रिन्ट गरेर फोटो, हस्ताक्षर, तथा टिकटसहित सम्बन्धित भर्ती केन्द्रमा बुझाउनु पर्नेछ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा