सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, चैत २८ – भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्रा बिहीबारबाट सुरु भएको छ। हरेक वर्ष नयाँ वर्षको अवसरमा मनाइने यो जात्रा आठ रात नौ दिनसम्म भव्यताका साथ मनाइन्छ। जात्रा भैरवनाथ र भद्रकालीको रथ तानातानसँगै औपचारिक रूपमा सुरु गरिएको हो।
जात्राको प्रारम्भ टौमढीस्थित पाँचतले मन्दिर अगाडि भैरवनाथ र भद्रकालीको काठे रथ तानेर गरिएको हो। काठकै प्यागोडा शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवता विराजमान गरिन्छ। रथलाई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाहरूले तानेर जात्राको शुरुवात गरिन्छ।
जात्राको चौथो दिन गःहिटीमा भैरवनाथलाई बली चढाइन्छ। सो अवसरमा गुठी संस्थानमार्फत सरकारी पूजा सम्पन्न हुन्छ। यो परम्परा धार्मिक विधिअनुसार लामो समयदेखि निरन्तर चलिआएको छ।
बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ‘ल्हामरु म्ह’ (हात नभएको) लिङ्गो उभ्याइन्छ। साँझपख तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो ठड्याइन्छ। पाँचौँ दिन अर्थात् वैशाख १ गते साँझ अघिल्लो दिन उभ्याइएको लिङ्गो ढालिने परम्परा रहेको छ।
बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा निकालिन्छ। सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको पूजा गरी ‘मुस्याप्वा’ जात्राको रूपमा चिराग बाल्ने परम्परा निर्वाह गरिन्छ, जसमा देवीहरूलाई सम्मान गर्दै सांस्कृतिक दीप प्रज्वलन गरिन्छ।
जात्राको अन्तिम दिन गःहिटीबाट फेरि रथ तानातान गरी भैरवनाथ र भद्रकालीलाई तमारीस्थित भैरवनाथको मूल मन्दिरमा पुर्याइन्छ। यससँगै नौदिने बिस्काः जात्रा विधिपूर्वक सम्पन्न हुन्छ।
बिस्काः जात्रा भक्तपुरवासीको साझा सांस्कृतिक चिनारी हो। यस जात्राले सामाजिक एकता, धार्मिक श्रद्धा र परम्पराको संरक्षणमा ठूलो योगदान दिएको छ। जात्रामा स्थानीय समुदायको उत्साहजनक सहभागिता र परम्पराप्रति गहिरो आस्था देखिन्छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा