सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट अलराउण्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। उनले शून्य रन (डक) मा आउट नभइ सर्वाधिक इनिङ्स खेल्ने खेलाडीको विश्व रेकर्ड बनाएका हुन्।
दीपेन्द्रले हालसम्म टी–२० अन्तर्राष्ट्रियमा ७६ खेल खेल्दै ६६ इनिङ्समा ब्याटिङ गरेका छन् र कुनैपनि इनिङ्समा डक आउट भएका छैनन्। बाँकी १० खेलमा भने ब्याटिङको आवश्यकता परेन।
यसअघि यो कीर्तिमान वेस्ट इन्डिजका पूर्व खेलाडी मार्लन सामुयल्सको नाममा थियो, जसले ६५ इनिङ्स डक बिना खेलेका थिए। ऐरीले अब उनलाई पछि पार्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।
बिहीबार सम्पन्न कुवेतविरुद्धको खेलमा दीपेन्द्रले १२ बलमा ३१ रन बनाउँदै नेपालको जित सुनिश्चित गरेका थिए। आफ्नो आक्रामक ब्याटिङ प्रदर्शनले उनले फिनिशरको भूमिकामा राम्रो छाप छाडेका छन्।
दीपेन्द्र यसअघि पनि टी–२० क्रिकेटमा अनौठा कीर्तिमान बनाइसकेका छन्। उनले २०२3 मा सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने विश्व रेकर्ड बनाएका थिए। साथै, उनी एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्ने दुर्लभ खेलाडीमध्ये पर्छन्।
उनको निरन्तर उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय छविलाई थप मजबुत बनाएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा