सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पुनः ऐतिहासिक उचाइ छोएको छ। बिहीबार सुनको मूल्य तोलामा ५ हजार ७०० रुपैयाँले वृद्धि भई १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार मात्र सुनको मूल्य २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ पुगेको थियो। त्यसको भोलिपल्टै फेरि ठूलो वृद्धि देखिँदा बजारमा चासो र हलचल बढेको छ।
यसअघि चैत्र २१ गते, सुनको मूल्यले प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको थियो। त्यसपछि केही दिनसम्म घट्दो क्रममा रहेको सुनको मूल्य फेरि उकालो लाग्दै आजसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार, आज चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको छ, जुन बुधबारको १ हजार ८ सय ३५ रुपैयाँ भन्दा ६५ रुपैयाँ बढी हो।
सुनको मूल्यमा भएको तीव्र वृद्धिले विशेषगरी विवाह तथा चाडपर्व नजिकिँदै गर्दा उपभोक्तामा दबाब सिर्जना गरेको छ। गहना किन्ने योजनामा रहेका ग्राहकहरू मूल्य अझ बढ्ने डरले तत्काल किनमेल गर्न बाध्य भएका छन्, भने केहीले मूल्य स्थिर नहुँदासम्म कुर्नै उचित ठानेका छन्।
विश्लेषकहरूका अनुसार, सुनको मूल्य वृद्धिमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डॉलर विनिमय दर, र स्थानीय मागमा वृद्धि मुख्य कारण हुन्। साथै, विश्वव्यापी आर्थिक अनिश्चितता, भूराजनीतिक तनाव, र लगानीकर्ताहरूको सुरक्षित लगानीको झुकावले पनि सुनको मूल्यमा प्रत्यक्ष असर पार्ने गर्दछ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा