सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अब विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र (NID) बिना पनि बैंक खाता खोल्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशनमार्फत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको अघिल्लो व्यवस्थामा संशोधन गरेको हो।
राष्ट्र बैंकले २०७८ माघ १ गतेदेखि लागू हुने गरी खाता खोल्न राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो। तर, उक्त नीति लागू भएको तीन महिनामै सोमा लचकता अपनाउँदै नयाँ व्यवस्था ल्याइएको हो।
नयाँ व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामा अनलाइनमार्फत खाता खोल्न चाहेमा, राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातहरूको आधारमा खाता खोल्न सकिनेछ।
तर, खाता खोल्ने व्यक्तिले नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित संस्थामा राष्ट्रिय परिचयपत्र पेश गरी विवरण अद्यावधिक गर्नुपर्ने अनिवार्य व्यवस्था यथावत् राखिएको छ।
राष्ट्र बैंकको यो निर्णयले विदेशमा रहेका लाखौं नेपालीलाई बैंकिङ पहुँचमा ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल माध्यममार्फत सेवा दिन थप सजिलो हुने अपेक्षा गरिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा