सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार ९ दशमलव ६६ अङ्कले बढेर २ हजार ६७६ दशमलव २८ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको यसदिन ३१७ वटा कम्पनीका १ करोड ७३ हजार कित्ता शेयर ४ अर्ब ४८ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४२ करोड ७५ लाखको शेयर किनबेच भयो ।
आज बैंक र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर झन्डै साढे २ प्रतिशतले उकालो लागेको छ ।
यसदिन नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सिन्धु विकास बैंकको शेयर भने सबैभन्दा धेरै झन्डै साढे ७ प्रतिशतले घटेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा