सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम अन्तरव्यवस्थापिका संघ (Inter-Parliamentary Union – IPU) अन्तर्गत गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा सदस्य पदमा निर्वाचित भएकी छिन्। सांसद गौतमको यो नियुक्ति नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक एवं संसदीय सक्रियताका हिसाबले महत्वपूर्ण उपलब्धि मानिएको छ।
आईपीयूको १५० औं महासभा हाल उज्बेकिस्तानको तासकन्द शहरमा जारी छ। यही महासभाले स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गर्दै पूर्ण रूपमा स्थायी स्वास्थ्यसम्बन्धी समितिमा रूपान्तरण गर्ने निर्णय गरेको थियो। नवगठित समितिमा विभिन्न देशका सांसदहरूलाई समावेश गरिएको छ।
आईपीयूको शासकीय परिषद्ले २०२५ अप्रिल ९ मा १५ सदस्यीय समितिको घोषणा गरेको हो। उक्त समितिमा सांसद गौतमसहित १३ जना निर्विरोध निर्वाचित भएका छन्। उनीहरूलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको छ, जसको अवधि मार्च २०२९ मा समाप्त हुनेछ।
यस समितिको उद्देश्य विश्वव्यापी स्वास्थ्य सम्बन्धी नीतिगत बहसमा सांसदहरूको संलग्नता बढाउने, स्वास्थ्य क्षेत्रमा संसदहरूबीच सहकार्य प्रोत्साहित गर्ने, र विशेष गरी महामारी वा संकटका बेला संसदहरूको भूमिकाबारे दिशा निर्धारण गर्नु हो।
सांसद सोबिता गौतम नेपालको युवा पुस्तालाई प्रतिनिधित्व गर्ने प्रभावशाली नेतृमध्ये एक हुन्। उनी स्वास्थ्यमात्र नभई लैंगिक समानता, महिला सशक्तिकरण र सामाजिक न्यायका पक्षमा समेत सदनमा सक्रिय रहिएकी छिन्। उनको यो नियुक्ति नेपालका लागि मात्र होइन, विकासोन्मुख राष्ट्रहरूका आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने अवसरका रूपमा हेरिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा