सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख २७ । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा बुधबार हल्का वर्षा भएको छ। झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ, पाल्पालगायतका क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण मौसम बदली भएको हो।
बुधबार रातिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। साथै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायतका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।
सावधानी अपनाउन तथा आवश्यक तयारी गर्न मौसमविद्हरूले सुझाव दिएका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा