सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिगकी नेता शेख हसिनाले मंगलबार एक भर्चुअल सम्बोधनमार्फत बंगलादेशको राजनीतिमा पुनः सक्रिय हुने संकेत दिएकी छन्। भारतमा निर्वासनमा रहेकी हसिनाले आफ्ना कट्टर आलोचकहरूलाई कडा चेतावनी दिँदै आफू अझै पनि बंगलादेशको वैध प्रधानमन्त्री भएको दाबी गरिन्।
सत्ता छोडे पनि नेतृत्व छाडेको छैन: हसिना
शेख हसिनाले संविधानको हवाला दिँदै भनिन्, “म अझै पनि प्रधानमन्त्री हुँ।” उनले स्पष्ट गरिन् कि बंगलादेशको संविधान अनुसार उनको पद वैध छ र देशभित्र हाल सत्तामा रहेका व्यक्तिहरूको कुनै वैधता छैन। “उनीहरूको शक्तिको कुनै वैधता छैन,” भन्दै हसिनाले बंगलादेशको वर्तमान सत्ता नेतृत्वप्रति गम्भीर प्रश्न उठाइन्।
अवामी लिगमाथि प्रतिबन्धको माग ‘षड्यन्त्र’ हो
अवामी लिगमाथि प्रतिबन्ध लगाउन राष्ट्रिय नागरिक पार्टी (एनसीपी) तथा अन्य दक्षिणपन्थी समूहहरूले उठाएको आवाजप्रति आक्रोशित हुँदै उनले भने, “अवामी लिग परजीवी होइन। यो कुनै बाढीको पानीसँगै देखा परेको होइन।” उनले आफ्नो पार्टीलाई बंगलादेशको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनसँग जोड्दै त्यसलाई नष्ट गर्न खोज्नु विदेशी शक्तिको चाल भएको आरोप लगाइन्।
मोहम्मद युनुसमाथि तीखा प्रहार
हसिनाको वक्तव्यमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसप्रति विशेष ध्यान दिइएको थियो। उनले युनुसलाई “फासीवादी”, “भ्रष्ट” र “आतंकवादी”को संज्ञा दिँदै आरोप लगाइन् कि उनले श्रमिक, शिक्षक, विद्यार्थीहरूलाई दमन गरेका छन्।
उनको भनाइमा, “युनुस जनआन्दोलनबाट होइन, विदेशी पैसाको सहारामा चलेको धूर्त षड्यन्त्रमार्फत सत्तामा आएका हुन्। उनले देशलाई विदेशी शक्तिको हातमा बेच्ने कोसिस गरेका छन्।”
‘जनताले युनुसको वास्तविक अनुहार बुझिसके’
हसिनाले विश्वास व्यक्त गरिन् कि बंगलादेशका जनताले अब युनुसको असली रूप बुझिसकेका छन्। “अब उनको भ्रमात्मक चरित्र उजागर भएको छ,” भन्दै उनले आगामी दिनमा युनुस र उनको समर्थकहरूको विरुद्ध कानुनी वा जनस्तरको कारबाहीको संकेत पनि दिइन्।
देश फिर्तीको संकेत?
यस भर्चुअल सम्बोधनमार्फत हसिनाले स्पष्ट संकेत दिएकी छन् कि उनी अझै पनि राजनीतिक रूपमा सक्रिय रहन चाहन्छिन् र उचित समयमा बंगलादेश फर्कने योजना बनाइरहेकी छन्। पार्टी कार्यकर्ता र समर्थकहरूलाई उनले “धैर्य राख्न” र “लोकतन्त्रको पुनः स्थापनाका लागि लड्न तयार रहन” आह्वान गरिन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा