सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महासचिव तथा सांसद धवल शम्शेर राणासहित २० जनालाई १५ दिनको लागि हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्नका लागि प्रहरीले माग गरेको म्यादअनुसार हिरासतमा राख्न अनुमति दिएको हो।
काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले मिश्र, राणा सहित २० जनालाई पक्राउ गरेको थियो। उनीहरूमाथि हाल राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।
यसै घटनासँग सम्बन्धित अन्य ५३ जनामाथि भने आपराधिक उपद्रव र संगठित अपराध अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रदर्शनको क्रममा तोडफोड र झडप भएको र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा उल्लेख छ। सुरक्षाकर्मीमाथि आक्रमणसमेत भएको दाबी प्रहरीले गरेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा