सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । वातावरणविद् एवम सरोकारवालाहरुले नेपालमा बढिरहेको वायु प्रदूषणलाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।
सोमबार नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले आयोजना गरेको ‘वायु प्रदूषणको कहरः जवाफदेही को ?’ शीर्षकको ‘हाकाहारी बहस’मामा बोल्ने अधिकांश सरोकारवालाहरुले वायु प्रदूषणमा चिन्ता व्यक्त गर्दै समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।
काठमाडौंसहित देशैभर बढेको प्रदूषण रोकथाममा एक अर्को निकायबीच सहकार्य र समन्वय गर्न उनीहरूले जोड दिएका हुन् । हरेक वर्षको सुख्खायाममा वन डढेलो लगायतका अन्य कारणले प्रदूषणको समस्या बढ्ने तथ्य र प्रमाणहरू हुँदा हुँदै समस्या जटिल भएपछि मात्रै समस्याका उपाय खोज्नु व्यवहारिक नहुने विज्ञहरूले जोड दिए ।
‘अहिलेको मुख्य समस्या वन डढेलोको हो, खेतबारीमा कृषि अवशेष र खुला ठाउँमा फोहोर मैला जलाउँदा प्रदूषण बढेको छ, ‘वायु गुणस्तर विज्ञ डा.भूपेन्द्र दासले भने, ‘नेपाल, भारत, बंगलादेश, पाकिस्तान हरेक वर्ष प्रदूषणको जोखिममा छन्, समाधानका उपायहरू खोज्न ढिलो गर्नु हुँदैन ।’
उनका अनुसार विश्वमै खुला ठाउँमा कृषि अवशेष जलाउने कार्यमा नेपालको भूमिका २ प्रतिशत हाराहारी छ । विस्थापित गर्ने भनिएका यूरो १ र यूरो ३ मापदण्डका सवारी साधनले फाल्ने धुँवा, उद्योग कलकारखानाबाट निस्कने प्रदूषणलाई समस्याका नियमित कारण बनिरहेका दासले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार गत यही ८ चैत (गत २१ मार्च)देखि हरेक दिन काठमाडौं र नेपालका अन्य भेगको प्रदूषण निरन्तर खस्किरहेको छ । नेपालमा हरेक वर्ष जनवरीदेखि अप्रिल महिनासम्म प्रदूषण बढ्ने गर्छ, यसमा अन्तरदेशीय कारण पनि छन्, इमिमोडकी वायु गुणस्तर विज्ञ डा.खुश्बु शर्माले भनिन्, प्रदूषण बढ्नु घट्नुमा वायुको प्रभाव पनि रहन्छ ।’
कार्यक्रमलाई सम्बोधन गदै वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्रदूषणको समस्या न्युनीकरण गर्न एक अर्को निकायबीच आरोप प्रत्यारोप लगाउनु भन्दा सबै निकाय र व्यक्तिहरू आ–आफ्नो ठाउँबाट अनुशासित बन्नुपर्ने तर्क गरे ।
वातावरण अभियन्ता भोला भट्टराई, नेवापसका पूर्व अध्यक्ष कसमस विश्वकर्मा लगायतले वातावरण विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायतका निकायले एकपछि अर्को कार्ययोजना बनाउने भन्दा पनि विगतका कार्ययोजना कार्यान्वयनमा जोड दिए ।
प्रदूषणका कारण स्वासप्रश्वास समस्या भएका दीर्घरोगी र बालबालिका बढी प्रभावित हुने गरेका बताउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले भने, ‘हरेक वर्ष नेपालीहरूको कूल मृत्युको १९ प्रतिशत कारण स्वासप्रश्वास ९प्रदूषण०सँग जोडिएको छ, प्रदूषणका कारण ४.८ प्रतिशतका दरले नेपालीहरूको औसत आयु घटिरहेको छ ।’
उपत्यकाका तीनै जिल्लामा वायु गुणस्तर सूचकांक ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) मानव स्वास्थ्यका दृष्टिले जोखिम तहमा पुगेको छ । एक्यूआई २ सयभन्दा माथि पुगेपछि मानव स्वास्थ्यका दृष्टिले निकै जोखिम मानिन्छ । यही २३ चैतमा भक्तपुरमा एक्यूआई ३ सय ६५ पुगेको थियो ।
त्यसअघि र त्यसपछिका दिनहरूमा पनि २४ घण्टा र प्रत्येक घण्टाको वायुमा विषाक्त कणको मात्रा उच्च भएपछि देशैभर स्वासप्रश्वास र अन्य स्वास्थ्य समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा