सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । नेपालका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले देशमा समाजवाद स्थापनाका लागि सबै कम्युनिष्टहरु एक ठाउँमा आउनु पर्ने बताएका छन् ।
आइतबार मन्थलीमा आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदान विषयक वृहत् विचार गोष्ठीमा बोल्दै अधिकारीले कम्युनिष्ट पार्टी फुटेर देशमा समाजवादी व्यवस्थाको कल्पना गर्न नसकिने बताए । ‘मेरो विनम्र अनुरोध छ–यहाँहरू मिल्नुस्, श्रमजीवी जनताको सेवा गर्नुस्’,उनले भने ।
पञ्चायत शासनमा १८ वर्षसम्म जेल परेका कम्युनिष्ट नेता अधिकारीले कम्युनिष्ट पार्टीको नेता जनताको सेवक बन्नु पर्नेमा जोड दिए । ‘श्रमजीवीको नेता कम्युनिष्ट होइन, श्रमजीवीको सेवक कम्युनिष्ट पार्टीको नेता बन्छ, श्रमजीवीको नेता बन्ने त दलाल हुन्’, उनले भने ।
नेपालमा अहिलेसम्म सत्तामा पुगेका कुनै पनि पार्टीहरू कम्युनिष्ट पार्टी नभएका उनको धारणा छ । उनीहरू सबै दलाल बिचौलिया भएको उनको धारणा छ । केपी ओली, प्रचण्ड, माधव नेपाल कोही पनि कम्युनिष्ट नभएको उनले दाबी गरे ।
प्रचण्डले जनयुद्धको नाममा नेपाली जनतालाई लडाए र अन्तिममा गुरिल्लाको नाममा विदेशी डलर खाई आन्दोलनलाई विसर्जन गरेका उनले बताए । प्रचण्डलाई आफूले त्यति बेलै सशस्त्र आन्दोलनमा नजान आग्रह गरेको भए पनि नटेरेर नेपाली जनताको रगत बगाउने काम गरेका उनको धारणा छ ।
अधिकारीले देश बनाउने हो भने कम्युनिष्टहरु विभिन्न टुक्रामा विभाजित हुने होइन, एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा