सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सामुदायीक विद्यालय व्यस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले पर्याप्त लगानी हुँदा हुँदै पनि सामुदायीक विद्यालयहरुको सुधार र परिवर्तन हुन नसकेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ११ औं स्थापनाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रत्येक वर्ष पाँच सात सयको दरले विद्यालय घट्दै गइरहेको भन्दै विद्यालयको क्षेत्रमा अपेक्षित परिवर्तन नहुनुको एउटै कारण विद्यालयभित्रबाट नै विद्यालयको सुधारको काम नहुनु भएको बताए ।
उनले भने, ‘यो देशमा ३५ सय वटा सामुदायीक विद्यालयहरु खुले आज प्रत्येक वर्ष पाँच सात सयको दरले घट्दै छ । हाम्रो सामुदायीक विद्यालयको नजिता भन्दा अरुको विद्यालयको नतिजा बढेको हो कि भन्ने तथ्यांकले देखाइरहेको छ । सामुदायीक विद्यालयको परिवर्तन सुधारका निम्ति सरकारी क्षेत्र र गैर सरकारी क्षेत्रबाट पनि पर्याप्त लगानी छ । सबैको सहयोगको बाबजुत पनि सामुदायी विद्यालयको क्षेत्रमा अपेक्षित परिवर्तन नहुनुको एउटै कारण विद्यालयभित्रबाट नै विद्यालयको सुधारको काम भएन ।’
त्यस्तै उनले विद्यार्थीहरु शुन्य हुँदै गएको र विद्यालयहरु मर्ज हुँदै गएको अवस्थामा आफूहरुले सुधारको प्रयास गरिरहेको बताए ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा