सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । नेकपा एमाले रौतहटले संविधान र गणतन्त्रको पक्षमा मोटरसाइकल र्याली निकालेको छ । गरुडाको सुगर मिलबाट सोमबार दिउँसो निस्केको रयाली राजमार्ग हुदै गौर पुगेको हो ।
चन्द्रनिगाहपुरसहित विभिन्न स्थानबाट निस्केको मोटरसाइकल र्याली पनि गरुडामा आइपुगेको थियो । जिल्लाभरीका नेता तथा कार्यकर्ताको उपस्तिथिमा एमाले रौतहटले मोटरसाइकल रयाली निकालेको हो ।
देशव्यापी कार्यक्रम अनुसार लोकतन्त्रको पक्षमा एमालेले रयाली निकालेको नेकपा एमाले रौतहटका जिल्ला अध्यक्ष सचिदानन्द साहले बताए ।
उनका अनुसार काठमाडौंको तिनकुनेमा राजावादीले गरेका घटनाको विरोध पनि गरिएको छ । राजावादीहरुले आराजक गतिविधि गरेको टिप्पणी गर्दै उनले संविधान र गणतन्त्र बिरोधी कार्यको सैह्य नहुने बताए ।
गणतन्त्र विरोधी शक्तिहरुलाई बढि नसलबलाउन समेत उनले चेतावनी दिए । यदी वर्तमान व्यवस्था प्रति कुनै किसिमको आँच ल्याउन नदिनका लागि खवरदारी मोटरसाइकल रयाली निकालिएको उनले प्रष्ट परे ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास गरौं र प्रतिगामी तत्वलाई परास्त गरौं भन्ने नाराका खवरदारी मोटरसाइकल रयाली निकालिएको उनको भनाइ छ । गौर राइस मिलमा पुगेर मोटरसाइकल रयाली कोणसभामा परिणत हुदै समापन भएको थियो ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा